अमेरिकाले पेट्रोलियम र पेट्रोकेमिकल उद्योगसँग सम्बन्धित कयौं कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकाले यी प्रतिबन्धहरू लगाएका कम्पनीहरू इरानको तेल उद्योगसँग सम्बन्धित छन् । यसमा केही भारतीय कम्पनीहरू पनि परेका छन् । इरानमाथि दबाब दिन अमेरिकाले यो कदम चालेको हो ।
सोमबार, अमेरिकाले इरानको पेट्रोलियम र पेट्रोकेमिकल उद्योगसँगको कथित सम्बन्धको लागि चार भारतीय कम्पनीहरू सहित १६ कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो । अमेरिकी अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार प्रतिबन्धित भारतीय कम्पनीहरूमा अस्टिनशिप म्यानेजमेन्ट प्रा।लि।, बीएसएम मरीन एलएलपी, कोसमोस लाइन्स इंक र फ्लक्स मेरिटाइम एलएलपी छन् । अमेरिकी विदेश मन्त्रालयले इरानको पेट्रोलियम र पेट्रोकेमिकल उद्योगसँगको सम्बन्धको लागि १६ कम्पनीहरूको पहिचान गरेर उनीहरूमाथि प्रतिबन्ध लगाएको विज्ञप्तिमा भनिएको छ । विदेश मन्त्रालयले अर्थ मन्त्रालयको विदेशी सम्पत्ति नियन्त्रण कार्यालय ९ओएफएसी०सँगको सहकार्यमा २२ जना व्यक्तिहरूमाथि पनि प्रतिबन्ध लगाएको छ । इरानको तेल उद्योगसँग जोडिएको भन्दै विभिन्न क्षेत्रहरूमा रहेका उनीहरूका १३ जहाजहरूलाई प्रतिबन्धित सम्पत्ति घोषित गरिएको छ ।




















