बङ्गलादेशको एयरफोर्स बेसमा आक्रमण भएको छ । अचानक केही व्यक्तिहरुले कक्स बजारको समिति पारा नजिकै रहेको सेनाको हवाई अड्डामा आक्रमण गरेका हुन् । हमलाको जानकारी बङ्गलादेशको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स आईएसपीआरले दिएको हो । यो सूचनामा आईएसपीआरका सहायक निर्देशक आयशा सिद्धिकाले हस्ताक्षर गरेका छन् ।
यसमा वायुसेनाले प्रतिक्रियामा आवश्यक कारबाही गरिरहेको बताइएको छ । यस कारबाहीमा एक आक्रमणकारीको मृत्यु भएको भनिएको छ । आईएसपीआरका अनुसार फेब्रुअरी २४ मा केही बदमासहरूले अचानक कक्स बजारमा रहेको बङ्गलादेश वायुसेना बीएएफको बेसमा आक्रमण गरेका थिए । आक्रमणकारी समिति पारा क्षेत्रको भएको बताइएको छ । कक्स बजारका उपयुक्त मोहम्मद सलाहुद्दीनले दिउँसो स्थानीय र बीएएफका कर्मचारीहरूबिच झडप भएको पुष्टि गरेको भन्दै टीबीएस न्युजले समाचारमा भनेको छ ।




















