जापानी संस्था वान बल कनेक्टको आयोजनामा नायोगा नेप्लीज फुटबल क्लब जापानले मोरङको श्री आदर्श माध्यमिक विध्यालयका विधार्थी लाई सहयोग गरेको छ । यो जापानी संस्थाले पछिल्लो समय नेपालका बिभिन्न स्थानमा सहयोग गर्दै आएको छ । यस संस्थाका सचिव नबराज पौडेलका अनुसार श्री आदर्श मा।बी मा दोश्रो पटक सहयोग गरेको बताएका छन् । 

Messenger_creation_139A8C9F-BA83-43FF-86B5-9C9C36C79C72

विध्यालयमा अध्ययनरत विध्यार्थी लाई स्कुल ड्रेस,कलम,कापी लगायतका सामाग्री वितरण गरीएको पौडेलले जानकारी दिएका छन् । उनले यस विध्यालयमा निम्म बर्गिय समुदायका बालबालीका पढ्ने भएकोले सहयोग गरेको जानकारी दिएका छन् ।  सचिव पौडेलका अनुसार यो पटक यस बिध्यालयमा ७१ ज्ना विध्यार्थी लाई करिब ६० हजार बराबरको को सहयोग गरेको बताए । उनले अघिल्लो पटक यसै विध्यालयमा ९३ हजार बराबरको सहयोग गरेको पनि जानकारी दिएका छन् ।

Messenger_creation_855383BC-D087-4877-9F4E-1696B0A898A5

Messenger_creation_CE0DA406-1321-4B18-871C-764944BD8E3C