देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका(१ विश्वज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त्रिचन्द्रतर्फ जाँदै गरेको बा।५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकलयात्री ओखलढुङ्गा घर भई काठमाडौँ डल्लु बस्ने ५६ वर्षीय अम्बर बहादुर बोगटीको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, बैजनाथ गाउँपालिका(१ पन्ध्र नम्बर मोड नजिक सडकमा जुम्लादेखि नेपालगन्जतर्फ आउँदै गरेको बा।प्र।०१(००६ ख ७४७१ नम्बरको मिनी बस अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा बसमा सवार भारत बिहार घर भएका उमेश शाहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रोल्पा, माडी गाउँपालिका(२ घर्तीगाउँस्थित सडकमा सोही गाउँपालिका(४ टुपबोटबाट दारबोटतर्फ जाँदै गरेको ना।८ ख ७२७६ नम्बरको टिपर सडकबाट करिब १ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक बारा निजगढ नगरपालिका(५ बस्ने ३६ वर्षीय जिते कुमारको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




















