ग्रीन टि स्वास्थको लागि धेरै फाइदाजनक पेय हो। यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट्स र बायोएक्टिभ कम्पाउन्ड पाइन्छ, जसले शरीरलाई स्वस्थ राख्न ठूलो मदत गर्छ। ग्रीन टिमा क्याटेचिन्स नामको एन्टिअक्सिडेन्ट हुन्छ, जसले शरीरमा रहेका हानिकारक फ्री रेडिकल्सलाई नष्ट गर्छ र कोषहरूको संरक्षण गर्छ। यसले बुढ्यौलीको प्रक्रिया ढिलो गराउँछ र रोगसँग लड्ने क्षमता बढाउँछ। ग्रीन टि मेटाबोलिज्म बढाउनका लागि पनि प्रभावकारी मानिन्छ। यसले शरीरले चाँडो क्यालोरी बर्न गर्न मदत गर्छ, जसले वजन घटाउनमा सहयोग पुर्‍याउँछ। यसमा क्याफिनको मात्रा कम हुन्छ, तर यसले मानसिक सतर्कता र ऊर्जा स्तर बढाउन मदत गर्छ।

कति पिउने 

ग्रीन टीले स्वास्थ्यलाई राम्रो गर्छ भन्दैमा जति पनि पिउनु ठीक होइन । एक दिनमा तीन वा चार कपसम्म ग्रीन टी पिउनु सहि हुन्छ । त्यो भन्दा बढी पिउनु कलेजोका लागि हानिकारक हुनसक्छ ।

कहिले पिउने 

ग्रीन टी विहान, दिउसो वा साँझमा पिउन सकिन्छ । यद्यपी विहान मनतातो पानी पिइसकेपछि मात्र ग्रीन टी पिउनुपर्छ । खाना खानुभन्दा  एक घण्टा अघि वा पछि पिउन सकिन्छ ।

कसरी पिउने 

ग्रीन टी अन्य चिया जस्तो पकाएर पिउनु हुन्न । ग्रीन टी छुटै गिलासमा हाल्ने र त्यसमा उमालेको पानी हाल्नुपर्छ । यसमा चिनी मिसाउनु हुँदैन । बरु, मह मिसाएर सेवन गर्न सकिन्छ । ग्रीन टी गर्भवती, न्युन रक्तचाप भएकाहरुले खानु त्यती उपयुक्त हँदैन ।