सुनचाँदी बजारमा आज सुनको मूल्य १२ सयले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख  ६८ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।