इटहरीमा जारी १५ औँ इटहरी गोल्डकपमा सगरमाथा युथ क्लब मोरङ्ग सेमिफाईनलमा प्रबेश गरेको छ । इटहरी रंगशालामा आज भएको दोश्रो क्बाटरफाईनल खेलमा सगरमाथा युथ क्लबले एन आर टी क्लब काठमाडौं लाई ०–१ गोल अन्तरले पराजीत गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।
निकैनै उत्कृष्ट खेल प्रस्तुत गरेका दुबै टिमले गोल गर्ने सुनौलो मौका गुमाएका थिए । खेलसुरु भएको पहिलो हाफमा सगरमाथा युथ क्लबको लागी बिदेशी खेलाडी रिचार्डले गोल गरेका थिए । पहिलो हाफमा निकैनै आक्रामक सैलिमा रहेको सगरमाथा दोश्रो हाफमा भने रक्षात्मक रणनितिमा मैदानमा देखिन्थे ।
भरखरै धरानमा सम्पन्न बुढाशुब्बा गोल्डकप बिजेता एन आर टी, लयमा फर्काउन नसक्दा खेल समय भरी दबामा रहनु परेको थियो । टेक्नीकल खेलेका समगरमाथाका खेलाडीले मैदानमा निकै रोमान्चीत खेल रहेका थिए । इटहरी गोल्डकपको १२ औं र १३ औं संस्करण बिजेता सगरमाथा यो पटक पनि बलीयो दाबेदारको रुपमा प्रस्तुत भएको छ ।
खेलमा उत्कृष्ठ प्रर्दशन गरेको भन्दै सगरमाथा युथ क्लबका रिचार्ड म्यान अफ द म्याच घोषित भए । उनले १० हजार नगद पाएका छन् ।
भोलिहुने तेश्रो क्वाटरफाईनल खेल मछीन्द्र फुटबल क्लब काठमाडौँ र झापा एघार झापा बिच हुने आयोजकले जानकारी दिएको छ ।




















