नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट १५ फेब्रुअरी २०२५ ९फागुन ०३, २०८१ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँले बढेर र डिजेलमा ३.५९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।
निगम सञ्चालक समितिको निर्णयानुसार १६ फेब्रुअरी २०२५ ९मिति २०८१–११–०४०को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा १ रुपैयाँले बढाइएको र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।




















