आज शनिबार बाट सुरु भएकाे १५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राट्रिय जागृति क्लब  पराजित भएको छ । 

इटहरी रंगशालामा आज बाट सुरु भएकाे खेलमा पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी) सँग २-१ गाेल अन्तरले आयोजक राष्ट्रिय जागृति क्लब पराजित भएकाे हाे । 

यूकेएफसीका तर्फबाट सत्यम शर्मा र हेमराज भुजेलले १,१ गोल गरेका थिए । यता आयोजक तर्फबाट विदेशी खेलाडी एलेक्सले १ गोल गरे। खेलकाे म्यान अफ दि म्याच यूकेएफसीका खेलाडी सत्यम शर्मा भए । उनले नगद १० हजार प्रप्त गरेका छन् । 

यस गाेल्डकप प्रतियोगिताको विजेता टिमले नगद १० लाख प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ भने उप-विजेतालाई पाँच लाख नगद , मेडल र प्रमाण प्राप्त गर्ने छन् ।  फागुन १० गतेसम्म चल्ने प्रतियोगितामा नेपालका सात तथा एक विदेशी टिम गरी आठ टोलीको सहभागिता रहेको छ।