इटहरी । राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरीमा रहेको प्रादेशीक रंगसालामा आगामी फागुन ३ गते देखी इटहरी गोल्डकप गर्ने भएको छ । आयोजकले शनिबार पत्रकार सम्मेलन गर्दै १५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप हुने जानकारी दिएको हो ।
क्लबका अध्यक्ष संतबहादुर डुम्जनले यो क्लवले बर्षभरी खेलकुद सहितका अन्य बिभिन्न गतिबिधि गर्दै आएको जानकारी दिएका छन् । उनले, राजा क्लबले हरेक बर्ष अन्तराष्ट्रि गोल्डकपको आयोजना गर्ने गरेको पनि स्मरण गराएका छन् । इटहरीको पुरानो क्लब यो राजा क्लबले जोस्तो सुकै परिस्थीतिमा पनि निरन्तर खेलकुदका गतिबिधि गरिरहेको बताए ।
कन्ट्रोल इटहरी गोल्डकपमा भारत सहित ८ टिमले सहभागीता जनाउने छन् । खेलको विजेता टिमले नगद १० लाख नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले ५ लाख नगद ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएमको छ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १ लाख प्राप्त गर्ने छ भने सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्ने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।
यता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।




















