इटहरी स्थित जनता मा.बीकाे खेल मैदानमा भएकाे स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि केराबारी फुटबल क्लबले जितेकाे छ ।

आज भएकाे फाईनल खेलमा केराबारीले लोहोरुङ फुटबल क्लब संखुवासभालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेकाे हाे । 

FB_IMG_1738852853699

पहिलाे हाफमै १-० काे अग्रतामा रहेकाे डिफेन्डिङ चेम्पियन केराबारी लाई संखुवासभाले गाेल फर्काउन नसक्दा उप बिजेतामा चित्त बुझाउनु पर्याे । 

केरावारीका लागी बिदेशी खेलाडी एलेक्सले गाेल गरेका थिए । उनै आजकाे खेलकाे म्यान अफ दि म्याच घाेषित भए ।  उनले नगद पाँच हजार प्राप्त गरेका छन् । 

खेलको विजेता टिम केराबारी फुटबल क्लबले नगद २ लाख ५० हजार,ट्रफी, मेडल र प्रमाणपत्र प्रप्त गरे । बिजेता लाई  कार्यक्रमका प्रमुख अतिथि काेशी प्रदेशका प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्र हाङ्माङ्ले पुरस्कार वितरण गरेका थिए ।

उपविजेता बनेको लोहोरुङ फुटबल क्लब संखुवासभाले नगद १लाख ३० हजार ट्रफि,मेडल र प्रमाण प्रप्त गरेका छन् ।

FB_IMG_1738852998525

यसैगरी विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी केराबारीका प्रवेश बस्नेत भए उनले  नगद १५ हजार प्राप्त गरे ।

त्यसैगरी  उत्कृष्ट गोलरक्षक केराबारीकै रोशन कार्की भए, उत्कृष्ट डिफेन्डर केराबारीकै सुजन चौधरी घाेषित भए । त्यस्तै सर्वाधिक गोलकर्ता केराबारीका नितेश लिम्बू घोषित हुँदै  उनिहरुले जनही नगद १० हजार प्राप्त गरे । 

त्यस्तै उत्कृष्ट मिड फिल्डर लोहोरुङका हेमन लिम्बू भए र उत्कृष्ट फरवार्ड लोहोरुङका जीवन लोहोरुङ घाेषित भए उनिहरुले पनि जनही नगद १० हजार प्राप्त गरे ।

यसैगरी राइजिङ प्लेयर आयोजक द योङ ब्रदर्श क्लबका सलोज जिमी घोषित हुँदै नगद पाँच हजार प्राप्त गरेका छन् ।