निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)काे कोशी प्रदेश अध्यक्षमा सुमित थापा सर्वसम्मत निर्वाचित भएका छन् ।  

सुनसरीकाे इटहरीमा भएकाे चाैथाे अधिबेशन बाट थापा सर्वसम्मत भएका हुन् । थापा बाहेकका पदमा भने निर्वाचन हुने भएकाे छ । थापा यश संस्थामा लामाे समय देखि क्रियासिल छन् । सुनसरी अध्यक्ष रहँदा थापाले भवन बनाएका थिए । उनी प्रदेशमा उपाध्यक्ष,बरिस्ठ उपाध्यक्ष हुँदै अध्यक्ष भएका हुन् । थापाकाे इटहरीमा पशुपति इङ्लिस बाेर्डिङ्ग स्कुल संचालनमा रहेकाे छ ।

अध्यक्ष बाहेकका पदमा प्याब्सनमा काेशी प्रदेश भरिका जिल्ला समितिबाट प्रतिनिधि छनौट भएर आएका ४२९ जनाले मतदानमा सहभागिता जनाउन पाउने भएका छन् । निर्वाचन मार्फत वरिष्ठ उपाध्यक्ष सहित, २ उपाध्यक्ष, एक सचिव, २ सहसचिव, एक कोषाध्यक्ष र दुई सह कोषाध्यक्ष सहितको पदाधिकारी निर्वाचित हुने भएको छ । पदाधिकारी बाहेक अन्य ६ जना सदस्य पनि निर्वाचनले टुङ्गो लगाउने निर्वाचन समितिले जानकारी दिएकाे छ ।