इटहरीकाे जनता माध्यमिक बिधालयको खेलमैदानमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपमा आज भएकाे अन्तिम सेमिफाइनल खेलामा सिंहदेवि फुटबल क्लब धनकुटा लाई हराउँदै केरावारी फुटबल क्लबले फाईनलकाे यात्रा तय गरेकाे छ । 

जित्नै पर्ने दबाबले खेलेका दुबै टिमले गाेल गर्ने धेरै माैका गुमाएका थिए । बिदेशी खेलाडी सहित मैदानमा रहेकाे केराबारी, पहिलाे हाफ धनकुटाकाे दबाबमा रह्याे । दाेश्राे हाफ सम्हालिएर खेल्दा जित आफ्नाे पक्षमा पार्न सफल भएका छन् । खेल केरावारीले ०-१ गाेल गर्दै फाईनल यात्रा तय गरेकाे हाे । आजकाे खेलकाे म्यानअफद म्याच केरावारीका आगन्तुक खेलाडी ( बिदेशी ) एलेक्स घाेषित भए । उनले नगद पाँच हजार प्राप्त गरेका छन् । 

ड्रिफेण्डिङ्ग चेम्पियन केराबारीले माघ २४ गते लाेहाेरुङ एफ सि संखुवासभाकाे सामना गर्ने छ । अनुभवी र नेपालकै ए डिभिजन लिक खेलिसकेका खेलाडीले भरिएकाे संखुवासभा सँग केरावारी लाई निकै चुनाैती रहेकाे छ । 

प्रतियोगिताको विजेता टिमले दुई लाख ५० हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ३० हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।