इटहरीकाे जनता माध्यमिक बिधालयको खेलमैदानमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपमा आज भएकाे पहिलो सेमिफाइनल खेलामा लाेहाेरुङ एफ सि संखुवासभाले दमक एकेडेमी फुटबल क्लबलाई ट्राइबेकरमा हराउदै फाईनलकाे यात्रा तय गरेकाे छ ।
निर्धारित समयमा दुबै टिमकाे बराबर १-१ गाेल भए पछि खेल ट्रइबेकर तर्फ गएकाे थियाे । खेलकाे सुरुवातमा आक्रामक रहेकाे संखुवासभा त्यही लयमा टिक्न नसक्दा दमक एकेडेमीले खेल आफ्नाे पक्षमा पारेकाे थियाे ।
दुई बिदेशी खेलाडी सहित मैदानमा उत्रेकाे संखुवासभालाई दमक एकेडेमीका खेलाडीले पहिलाे हाफकाे समयभरी दबाबमा राख्न सफल भए । दमकले खेल सुरुवाती समयमानै गाेल गर्दा संखुवासभा दबावमा रह्याे ।
ए डिभिजन खेलकाे अनुभव लिएका खेलाडीले भरिएकाे संखुवासभाले गरेका प्रहार दमकका गाेल किप्परले बिफल बनाइदिएका थिए । संखुवासभाका खेलाडीकाे मैदानमा तालमेल नमिल्दा दमकले त्यसकाे पुर्ण रुपमा फाईदा उठाएकाे थियाे । दमक पहिलाे हालमा १-० काे अग्रतामा थियाे ।
दाेश्राे हाफमा दमक डिफेन्डिङ मुभमा रहँदा संखुवासभाले खेल रणनीति बदल्दै काउन्टर गर्दा खेल बराबरमा पुर्याएकाे थियाे । दुबै टिमकाे दर्शकले भरिएकाे मैदानमा, खेल राेमान्चित भएकाे थियाे । निर्धारित समय सम्म बराबर गाेल भए पछि खेल ट्राईबेकरमा गएकाे थियाे । ट्राईबेकरमा ७-६ गाेल अन्तरले हार्दै दमक एकेडेमीकाे फाईनल यात्रा टुङ्गिएकाे हाे ।
आजकाे खेलको म्यानअफद म्याच संखुवासभा खेलाडी जीवन राई घाेषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । उनलाई आजका प्रमुख अतिथि रहेका दुहबी नगर प्रमुख बेद गच्छदारले पुरस्कार प्रदान गरे ।
भाेलि हुँने अन्तिम सेमिफाइनल खेल केरावारी फुटबल क्लव र संहदेबि फुटबल क्लब धनकुटा बिच प्रतिस्पर्धा हुने आयाेजकले जानकारी दिएकाे छ ।
प्रतियोगिताको विजेता टिमले दुई लाख ५० हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ३० हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।




















