केवलकार विवाद बन्दको कारण यातायात सेवा ठप्प भएको छ । माघ २० र २१ गते पूर्वका ९ जिल्ला बन्द आव्हान गरेको छ ।९ जिल्लामा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा रहेका छन ।
पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा पाँच दिनदेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबिचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो । बन्दको तराईका जिल्लामा आंशिक प्रभाव परेको छ ।




















