इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलमा केराबारी फुटबल क्लबसँग आयोजक द योङ ब्रदर्श क्लब इटहरी पराजित भएकाे छ ।

केराबारीले आयोजकलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलकाे यात्रा तय गरेकाे छ। सुरुवाती समयमा घरेलु मैदानमा दबाबमा रख्न सफल भएकाे अयाेजक टिम दाेश्राे हाफमा भने खेलकाे लयमा फर्कन सकेन । तीन बिदेशी खेलाडी सहित मैदानमा उत्रेकाे आयाेजक  लाई केरावारी फुटवल क्लवले सहज जित निकाल्याे । 

खेलको म्यान अफ दि म्याच केराबारीका खेलाडी नितेश लिम्बू  भए । उनले  नगद पाँच हजार प्राप्त गरे ।

शनिबार लोहोरुङ फुटबल क्लब संखुवासभा र चारतारे युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिमले दुई लाख ५० हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ३० हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।