अनार एउटा यस्तो फल हो, जसका धेरै गुणहरू छन् । अनारमा धेरै प्रकारका एन्टिअक्सिडेन्टहरू पाइन्छ जसले धेरै प्रकारका दीर्घकालीन रोगहरूबाट टाढा रहन मद्दत गर्छ भन्ने धेरै अनुसन्धानहरूमा प्रमाणित भएको छ। हेल्थलाइन प्रतिवेदनमा भएको अनुसन्धानका अनुसार अनारले मुटुको स्वास्थ्य, पिसाबको स्वास्थ्य, मधुमेह, मोटोपना जस्ता दीर्घकालीन रोगहरूलाई निको पार्छ। अनारको नियमित सेवनले क्यान्सरको जोखिम पनि कम गर्ने अनुसन्धानले देखाएको छ । अनारमा धेरै प्रकारका भिटामिन, फाइबर, हेल्दी फ्याट, प्रोटिन, म्याग्नेसियम, पोटासियम, फस्फोरस, एन्टिअक्सिडेन्ट र पोलिफेनोल पाइन्छ जसले मस्तिष्कमा सुरक्षात्मक प्रभाव बढाउँछ। यी यौगिकहरूले अक्सिडेटिभ तनाव कम गर्दछ, जसको कारण मस्तिष्क स्वस्थ र शान्त रहन्छ।
क्यान्सर प्रतिरोधी गुण
अनुसन्धानका अनुसार अनारमा एलाजिटान्स र प्युनिकलगिन नामक यौगिकहरू पाइन्छ जसमा क्यान्सर प्रतिरोधी गुण हुन्छ। यो कम्पाउन्डले कलेजोको क्यान्सरको प्रारम्भिक चरणमा ट्युमरको निर्माणलाई रोक्छ। अध्ययनका अनुसार, यसले क्यान्सर कोशिकाहरूको वृद्धिलाई रोक्छ, विशेष गरी स्तन क्यान्सर र प्रोस्टेट क्यान्सरको अवस्थामा।
हृदयको लागि लाभदायक
अनारमा पाइने पोलिफेनोलले मुटुको मांसपेशीहरूमा इन्फ्लेमेसन कम गरेर अक्सिडेटिभ तनाव हटाउन मद्दत गर्दछ। यो कम्पाउन्ड मुटुको स्वास्थ्यलाई बढवा दिन लाभदायक साबित हुन्छ। अध्ययनले यो पनि प्रमाणित गरेको छ कि मुटु रोगबाट पीडित व्यक्तिले अनारको जुस खाँदा छाती दुख्ने समस्याबाट राहत मिल्छ । अनारले कोलेस्ट्रोलको स्तर पनि घटाउँछ र समग्र मुटुको स्वास्थ्यलाई बलियो बनाउँछ र मुटुसँग सम्बन्धित रोगहरूबाट बचाउँछ।
पिसाब सम्बन्धी समस्याबाट छुटकारा
यदि पिसाब सम्बन्धी समस्या छ भने त्यसमा अनार धेरै प्रभावकारी साबित हुन्छ। अनारले मिर्गौलामा पत्थरी बन्न दिँदैन। यसबाहेक अनारमा पाइने तत्त्वले रगतमा अक्सालेट, क्याल्सियम र फस्फेटको मात्रालाई नियन्त्रण गर्छ। यी सबैले पिसाबमा समस्या निम्त्याउँछ।




















