इटहरीमा आज बाट सुरु भएकाे स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उद्घाटन खेलमा दमक एकेडेमी फुटबल क्लब विजयी भएकाे छ ।
इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा दमक एकेडेमीले न्यू स्टार क्लब बराहक्षेत्रलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरु गरेकाे हाे ।

खेलको १५ औँ मिनेटमा दमक बाट एनोस मगरले गरेकाे गालनै निर्णायक बन्याे । उनै मगर म्यान अफ दि म्याच घाेषित भए । उनले नगद ५ हजार प्रप्त गरे ।
खेलकाे उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गरेका थिए । भाेलीकाे खेल आयाेज टिम द याेङ्ग ब्रदर क्लव र केरावारी फुटवल क्लव बिच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष बिजय सुब्बाले बताएका छन् ।
प्रतियोगिताको विजेता टिमले दुई लाख ५० हजार नगद प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ३० हजार नगद , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।




















