हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै भूभागहरूमा हुस्सु तथा कुहिरो रहेको छ ।

दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ । राति हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।  तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।