धनुषामा श्रीमतीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–५, पर्वता टोलका २५ वर्षीय देवलाल ठाकुर छन् ।
२३ वर्षीया श्रीमती संगीता ठाकुरको हत्या गरेको उनीमाथि आरोप छ । गए राति ९शनिबार० उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । देवलालले गजबार ९ढोका बन्द गर्न राखिएको लामो आग्लो० प्रहार गर्दा घटनास्थलमा संगीताको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




















