हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ । बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको कारण जनजिन कष्टकर बन्दे गएको छ ।
लगातार तिन दिन देखी मौसममा सुधार नआएपछी कोशी प्रदेशका तराई भुभागमा बसोवार गर्ने जेष्टनागरीक र वालवालीका लाई बढी असर गरेको छ ।
कोशी प्रदेश को तराई भूभाग झापा, मोरङ र सुनसरीमा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।




















