कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली प्रहार गरेका छन् । बुधबार साँझ सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल बिष्टले आफैंमाथि गोली चलाएका हुन् । साँझ साढे ८ बजेको समयमा ड्युटीका रहेमा उनले आफैंमाथि राइफलको गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी उमेशराज जोशीले बताए ।

सो समयमा हातहतियार राखिने स्थान सेन्ट्री कोत गारद मा ड्युटीमा खटिएका थिए । डीएसपी उमेशराज जोशीकाअनुसार गोली दाहिने कानभन्दा माथि लागेको छ। गोली लागेर उनी गम्भीर छन् । उनले आफैंले बोकेको एसएलआर राइफलबाट गोली चलाएको पाइएको प्रहरीले जनाएको छ ।