वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं प्रहरीले त्रिपाठीमाथि आक्रमण गर्ने दोलखाको तामाकोसी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई आज शुक्रबारपक्राउ गरेको हो ।
उलाई ज्यान मार्ने उद्योग कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाठौंका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए । सो दिन अदालतबाट बहस गरी सडक पार गर्ने क्रममा कुटपिट भएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको थियो । उक्त घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस




















