इटहरी । हाम्रो इटहरी भेट्रान क्लबले बर्सेनि आयोजना गर्दै आएको ‘अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान फुटबल प्रतियोगिता’को ५ औं संस्करण माघ ५ गतेदेखि हुने भएको छ । माघ १२ गतेसम्म चल्ने उक्त प्रतियोगितामा भारतको सिक्किम सहित ८ टिम सहभागी हुने संस्थाका अध्यक्ष निर्मल तामाङ्गले जानकारी दिएका छन् ।

२०४० साल माथीका उमेर समूहमा खेल हुने तामाङ्गले जानकारी दिए । प्रतियोगितामा भारतको सिक्किम , झापा, सुनसरी, धनकुटा, बारा, मोरङ्ग, दमक झापा र आयोजक  सहभागी हुने अध्यक्ष तामाङ्गले जानकारी दिए ।

इटहरी भेट्रानका अध्यक्षले ‘यसलाई हामीले प्रतियोगिताभन्दा पनि हाम्रो स्वास्थ्यसँग जोडेको बताएका छन् । उनले कुनैबेला ४० वर्षमाथि पनि फुटबल खेल्छन् र ? भन्ने थियो । तर, अहिले हामीले त्यसलाई बदल्न सकेका छौं,’ तामाङ्गले भने ।

प्रतियोगितामा विजेताले १ लाख ११ हजार रुपैयाँ ट्रफी र मेडल प्राप्त गर्ने छन् त्यसै गरी  उपविजेताले ६१ हजार रुपैयाँ ट्रफी र मेडल प्राप्त गर्ने छन् ।