बलिउड अभिनेता सैफ अली खानमाथि गए राति चक्कु प्रहार भएको छ । प्रहरी अधिकारी दीक्षित गोदमले बीबीसी मराठीसित भने, “एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा प्रवेश गरे । त्यसपछि सैफ र ती व्यक्तिबीच हातपात भयो । यसमा अभिनेता घाइते भएका छन् र उनको उपचार भइरहेको छ । अनुसन्धान भइरहेको छ ।”

समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत गर्दै एक व्यक्ति सैफको घरमा प्रवेश गरेर घरेलु कामदारसँग झगडा गरेको जनाएको छ । त्यसपछि सैफले हस्तक्षेप गर्न खोज्दा ती व्यक्तिले उनीमाथि आक्रमण गरेको एएनआईले उल्लेख गरेको छ ।