उच्च अदालत पाटनका न्यायाधीश सवार सरकारी नम्बर प्लेटको कार सुनसरीमा दुर्घटना भएको छ । न्यायाधीश नारायणप्रसाद रेग्मी सवार बीएबी ७१४६ नम्बरको कार मंगलबार साँझ मदन भण्डारी राजमार्ग अन्तर्गत सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाह खण्डको जंगलमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ५४ वर्षीय न्यायाधीश रेग्मी र इलामको देउमाई नगरपालिका–४ का ६१ वर्षीय कृष्ण खनाल घाइते भएका छन् । खनाल नाताले रेग्मीका भिनाजु पर्छन् । दुर्घटनामा घाइते भएका दुवै जनाको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।