नेपाली बाजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला ४० रुपैयाँ घटेर एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।