नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज शनिबार विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । आज पृथ्वीनारायणको ३०३ औं जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको नेपाल एकिकरणका नायक हुन् । 

पृथ्वीनारायण शाहको सम्झनामा प्रत्येक बर्ष पुस २७ गते  देशभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाईन्छ । हरेक बर्ष सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गर्ने गरीन्छ ।