दयाहाङ राई स्टारर चलचित्र ‘कार्साङ’ आजबाट हलमा रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।  दयाहाङको चलचित्र ६ महिनापछि रिलिज भएको हो । ‘घर ज्वाइँ’ पछि उनको पहिलो चलचित्र हो यो । ‘घर ज्वाइँ’ असार २८ गते रिलिज भएको थियो ।

अभावमा बाँचिरहेको व्यक्ति आफ्नौ गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने यो चलचित्रले देखाउन खोजेको छ । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने यो चलचित्रले देखाउनेछ । 

यम शेर्पाले निर्देशन गरेको ‘कार्साङ’मा दयाहाङ राईसँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।