तराईमा भूभागमा केही दिनदेखि लागेको हुस्सु र कुहिरो आज केही कम भएको छ । बिहीबार र बुधबारको तुलनामा आज हुस्सु र कुहिरो केही कम भएको हो ।  तराईका धेरै स्थानमा हिजो र अस्ति दुई हजार मिटरभन्दा कम भिजिविलिटी थियो । त्यसको तुलनामा आज केही सुधार देखिएको हो । 

पूर्वी तराईदेखि पश्चिम तराईसम्म बाक्लो हुस्सु र कुहिरो लाग्दा यातायात सेवा प्रभावित हुँदै आएको छ । सडक यातायातसमेत प्रभावित बनेको थियो ।  तराईका कतिपय स्थानमा हवाई सेवा समेत प्रभावित हुँदै आएको छ । दुई हजार मिटरभन्दा तल भिजिविलिटी हुँदा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ । त्यसैले न्यून भिजिविलिटीका कारण हवाई सेवा पनि प्रभावित भएको हो ।