केन्याको एक गाउँमा अनौठो घटना घटेको छ । त्यहाँ आकाशबाट फलामको एउटा विशालकाय रिङ जमिनमा खसेको छ । देशको दक्षिण क्षेत्रमा पर्ने माकुनी काउन्टीको मुकुकु गाउँमा आकाशबाट ठूलो धातुको रिङ खसेको हो । उक्त फलामे टुक्राको ब्यास करीब ८ फिट तथा वन करिब ५ सय केजी छ ।

आकाशबाट खसेको उक्त विशालकाय रिङ देख्दा सुरुमा त स्थानीय बासिन्दाहरु त्रसित भए । किनकि त्यो रिङ जलिरहेको अवस्थामा भुईंमा खसेको थियो । त्यसपछि गाउँमा भएको उक्त घटनाको जानकारी स्थानीय प्रशासनलाई गराइयो । आखिर आकाशमा त्यतिठूलो फलामे रिङ कहाँबाट आयो भनेर कुरा स्थानीय मानिसहरु अचम्ममा परिरहेका थिए । गाउँमा फलामको भीमकाय रिङ खसेको सूचना पाउने बित्तिकै केन्या अन्तरिक्ष एजेन्सीले घटनास्थलमा पुगेर उक्त वस्तुलाई नियन्त्रणमा लियो र थप अनुसन्धानका लागि लगेर गएको छ