आइतबार सुनको भाउ तोलामा १५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५२ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । शुक्रबार सुनको मूल्य २ हजार रुपैयाँ बढेको थियो । चाँदीको मूल्य भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १८१० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।