नेपाली कांग्रेसको भात्री संस्था नेपाल लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ सुनसरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत मंसिर १३ गते भएको निर्वाचनमा निर्वाचित २२ कार्यसमिति सदस्य लाई निर्वाचन समितिले आज पदस्थापन गराएको हो ।  इनरुवा स्थित  नेपाली काँग्रेस सुनसरीको कार्यालयमा भएको नव निर्वाचित कार्यसमिति लाई कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कोशी प्रदेश सदस्य सिजन गुरुङ्गले प्रमाण पत्र प्रदान गरेका थिए । 

FB_IMG_1735992441036

पछिल्लो समय नेपाली काँग्रेसले देशै भरी भात्री संस्था लोकतन्त्रबादी आदिवासी जनजाती महासंघको निर्वाचन गरई रहेको छ । त्यसै अन्तरगत सुनसरी मंसिर १३ गते भएको सुनसरीको अध्यक्षमा तिलक बहादुर सुनुवार निर्पाचित भएका थिए । त्यसैगरी उपाध्यक्षमा मेनु कुमार राई अर्को उपाध्यक्ष रामफल मण्डल निर्वाचित भएका थिए । त्यस्तै सचिवमा  महेश कुमार चौधरी अर्को सचिवमा डम्वर बहादु लिम्बू  चुनिए । त्यसैगरी सह सचिवमा छिरिङ्ग सेर्पा अर्को सह सचिवमा दिल कुमारि चौधरी निर्वाचित भएका थिए । त्यसैगरी सदस्यहरुमा  रेखा चौधरी,इन्द्र लाल चौधरी, बिकि कुमार चौधरी, चित्र बहादु राई, सुनिता राई, मुस्कान सुनुवार, छेदी  लाल चौधरी,  अर्जुन राई, रुपेश कुमार चौधरी, बिशेश्वर उराउ, टेक बहादुर घिसिङ्ग, मुना लिम्बू, नर्मदा श्रेष्ठ राई, गंगा बहादुर लिम्बू  गरि २२ जनाको कार्यसमिति चुनिएका छन् ।

IMG20250104143505

नब निर्वाचित कार्यसमिति लाई शुभकामना दिदै प्रमुख अतिथि सिजन गुरुङ्गले अब जिल्ला भरिका आदिबासीको आबाज भएर तपाईहरुले काम गर्नुपर्ने जिम्मेवारी आएको बताएका छन् । तपाई हरुले जसरी स सक्त भएर काम गर्नु हुन्छ तपाईहरुको कार्यसमिति त्यतिनै बलियो र विश्वसनीयहुने तर्क गरेका थिए । गुरुङले तपाईंको कामले नै यस संगठनको गरिमा बढ्ने र अन्य मानिसलाई आकर्षण बढ्ने भएकोले जिम्मेवार भएर काम गर्न समेत सुझाव दिएका थिए । 

कार्यक्रममा लोकतान्त्रीक आदिवासी जनजाति सुनसरी क्षेत्र नम्बर २ का सभापति तेजनारायण चौधरीले स्वागत गरेका थिए । कार्यक्रममा कोशी प्रदेश सदस्य सुर्य राई ,नेपाली काँग्रेस सुनसरी उपसभापति नगेशचन्द्र राई , पंकज महतो ,लोकतन्त्रबादी आदिवासी जनजाती महासंघका केन्द्रीय सदस्य सुनिता उराउ लगायतको उपस्थिति रहेको थियो ।