स्थीर वायुमण्डलका कारण तराई मधेशका जिल्लामा लागेको हुस्सुकुहिरो केही दिनसम्म कायमै रहने सम्भावना छ । त्यसपछि पश्चिमी वायुको प्रभावले केही हदसम्म हुस्सु कुहिरो घट्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविदले बताएका छन् ।
तराईमा बिहानै देखि कुहिरोले ढाक्ने र दिनभरि चिसो हावा चल्नाले जनजिवन प्रभावित बन्न थालेको छ । चिसोको कारण दैनिक जिविको पार्जन गर्ने मजदुर जेष्ठ नागरीक र बालबालिका लाई बढी असर पारेको छ । चिसोको कारण रुघाखोकी, ज्वरो, निमोनिया, तथा श्वासप्रश्वास सम्बन्धीका बिरामी बढ्न थालेको स्वास्थ्य कर्मिको भनाई छ । स्थानिय सरकारले चिसोबाट बच्न न्यानो कपडा लगाउने, तातो पानी पिउने र अनावश्यक रूपमा बाहिर ननिस्कन आफणना नगरवासी लाई सुझाव दिएका छन्। चिसोका कारण जनजीवन अझै कठिन हुन सक्ने मौसमविदको भनमई छ ।




















