गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको ज्यान गएको हो । बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकहरुले राति पौने १० बजे मृत घोषणा गरेका थिए ।

छतौनाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १००६ ख २००४ नम्बरको राजदेवी बस अनियन्त्रित भई पल्टिएर इन्सपेक्टर तुलाधरलाई थिचेको थियो । सशस्त्र प्रहरी १० नम्बर गण दरबन्दीका इन्सपेक्टर तुलाधर गत असोज ४ गतेदेखि बीओपी छतौनामा कार्यरत थिए ।