सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालो झोलामा शंकास्पद वस्तु फेला परेको हो । उपमहानगरपालिका अगाडिको भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
उनका अनुसार उपमहानगरपालिकासँगै बुढी खोलामा पनि बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । सूचनामा भनिए अनुसारको कालो झोला भने उपमहानगरपालिका अगाडि मात्रै भेटिएको छ । बुढीखोला पुलमा शंकास्पद वस्तु भएनभएको खोजीका लागि तालिम प्राप्त कुकुरसहितको टोली खटिएको उनले बताए । बुढी खोला पुलमुनि एउटा बोरामा शंकास्पद वस्तु भएको आशंका छ । ‘सूचनामा भनिए अनुसारको वस्तु उपमहानगर अगाडि भेटिएको छ, बुढीखोलामा पनि खोजी भइरहेको छ,’ उनले भने, ‘प्रहरीले थप अनुसन्धान गर्दैछ ।’




















