हिउँदयाममा बिजुलीको आन्तरिक माग पुर्याउन भारतबाट थप ३५० मेगावाट बिजुली आयात गर्न पाइने भएको छ । भारतले १३२ केभी प्रसारणलाइनबाट समेत बिजुली आयात गर्न अनुमति दिएकाले अब हिउँदमा एक हजार ४ मेगावाट बिजुली आयात गर्न पाइने भएको हो ।
नेपालले ढल्केबर(मुजफ्फरपुर प्रसारणलाइनबाट ६ सय मेगावाट, टनकपुरबाट ५४ मेगावाट, कटैया–कुशवा, रक्सौल–परवानीपुर र गण्डक–रामनगर प्रसारण लाइनबाट ३०० मेगावाट र मैनहिया–सम्पतियाबाट ५० मेगावाट गरी कुल एक हजार ४ मेगावाट आयात गर्न पाइनेछ । भारतले ३ सय मेगावाट मात्रै आयात गर्न अनुमति दिएको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक राजन ढकालले बताए । भारतले आगामी मार्च १५ सम्म २० घण्टा बिजुली आयात गर्न अनुमति दिएको ढकालले बताए । उनले साँझको समयमा भने भारतले बिजुली निर्यात नगर्नेसमेत जनाए । ुभारतले साँझ ५ बजेदेखि राति ९ बजेसम्म बिजुली आयात गर्न दिँदैन,’ उनले भने, आगामी मार्च १५ पछि सोलार आवर अर्थात् बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म आयात गर्न पाइन्छ ।




















