गुल्मीको चन्द्रकोट गाउँपालिका–७ च्यूरेनी भीरमा बिहीबार भएको स्कुटी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा चन्द्रकोट गाउँपालिका–६ हरेवाका ३८ वर्षीय किरणबहादुर थापा र ३२ वर्षका विनोद सुनारको मृत्यु भएको हो । दुर्घटनामा स्कुटी सडकदेखि ५० मिटर तल बडिघाट खोलामा खसेको चन्द्रकोटका अध्यक्ष युवराज खत्रीले बताए ।
पालिका अध्यक्ष खत्रीसहित स्थानीयले तत्काल उद्धार गरेर खैरनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका थिए । गुल्मीको रुद्रवेणी वामीटक्सार खण्डमा पर्ने च्यूरेनी भीर खण्डको सडक मर्मत अभावले अप्ठ्यारो छ ।




















