रुपन्देहीमा आफ्नै श्रीमतीको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११, माझगाउँका ३१ वर्षीय सागर विक छन् । श्रीमती २१ वर्षीया अन्जली विकको हत्या गरेको उनीमाथि आरोप छ । सोमबार ९हिजो० दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
सागरले घरायसी विवादका क्रममा कुटपिट गर्दा घटनास्थलमै अन्जलीको मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।




















