परराष्ट्र मन्त्री आरजु राणा देउवा नयाँ दिल्लीबाट सोमबार स्वदेश फर्किने भएकी छन् । अपोलो अस्पतालमा नियमित स्वास्थ्य जाँच गरेकाले आइतबारसम्म रिपोर्टका लागि प्रतीक्षा गर्नुपर्ने हुँदा सोमबार मात्र फर्किने तयारी रहेको उनीनिकट स्रोतले बताएको छ ।
नयाँ दिल्लीको म्याक्स हस्पिटलमा १४ चैत २०७४ मा आरजुको हाइपर प्याराथाइरोडिज्मको शल्यक्रिया गरिएको थियो । त्यसैले दिल्ली आउँदा आरजुले स्वास्थ्य जाँच गराउने गरेको उनी निकट स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै चीन भ्रमणबाट फर्किएलगत्तै आरजु नेदरल्याण्ड्सको हेग गएकी थिइन् । त्यहाँ उनी जलवायु परिवर्तन सम्बन्धी राष्ट्रहरुको दायित्वबारे ९० देशको कार्यक्रममा सहभागी भएकी थिइन् ।




















