साताको तेस्रो कारोबार दिन मंगलबार करिब तीन अंकले बढेको नेप्से आज बुधबार ५.६० अंक ९०.२१ प्रतिशत० ले घटेर २६२८.२६ बिन्दुमा झरेको छ । गत बिहीबार १.२३ प्रतिशत र सोमबार करिब २ प्रतिशतले घटेको नेप्से मंगलबार ०.११ प्रतिशतले बढेर २६३३.८७ पुगेको थियो ।

दुई दिन लगातार घटेर एकदिन सामान्य बढेको नेप्से आज पुनः घटेको हो । बुधबार ४ अर्ब २७ करोड ८२ हजार ५ सय ७५ रुपैयाँ बराबर ८१ लाख ४७ लाख ३ सय २० कित्ता सेयर कारोबार भएको छ । बुधबार कारोबारमा आएका १३ उपसूचकमध्ये तीन उपसूचक सामान्य बढेका छन् भने ८ उपसूचक सीमान्त रूपमा घटेका छन् । फाइनान्स उपसूचकमात्र १ प्रतिशतभन्दा माथि छ भने बाँकी सबै एक प्रतिशतभन्दा कम छन् ।