अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर १८ मा मनाइन्छ। यस दिन आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षण, सम्मान, र योगदानको कदर गरिन्छ। संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइँदैछ । नेपाल जस्ता देशका लागि यो दिन विशेष महत्त्वपूर्ण छ, किनभने लाखौँ नेपाली नागरिक रोजगारीका लागि विदेशमा रहेका छन्। आप्रवासीहरूले पठाउने रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ।
दिवसको सन्दर्भ पारेर नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन आइओइम द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड रहेको छ ।
यस दिन आप्रवासीहरूले सामना गर्ने चुनौतीहरूको बारेमा छलफल गरिन्छ, जस्तै शोषण, भेदभाव, र कामदारको सुरक्षाको अभाव। साथै, उनीहरूको योगदानको कदर गर्दै, उचित नीतिहरू लागू गर्न सरकार र संस्थाहरूलाई प्रेरित गरिन्छ।छ ।




















