इलाममा भएको आगलागीमा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका(४ मंगलबारे बस्ने ४३ वर्षीय दीपक भन्ने तिलविक्रम शिवा रहेका छन् ।

माई नगरपालिका(२ रातेखाडी बस्ने ठकबहादुर लिम्बुको घर नजिकै रहेको उनकै परालको कुन्युमा सोमबार राति आगलागी भएको थियो । आगलागीमा जलेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल भद्रपुर झापामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।