यही शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ फिल्म ुबम बहादुरु प्रदर्शनमा आउन लागेको हो। यसका अभिनेता सौगात मल्लले फिल्ममा दर्शकले आफ्नै कथा देख्ने बताएका छन्। बम बहादुरु ले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा उतारेको छ। यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूलाई मार्मिक ढंगले चित्रण गरिएको छ
लेखक तथा निर्देशक जोन राईले यो फिल्म बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए।उनले भने, अर्को उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस्। भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो।




















