राष्ट्रिय झण्डा दिवस प्रत्येक वर्ष पौष १ गते मनाइन्छ। संयुक्त राष्ट्र सङ्घ मा नेपाल को राष्ट्रिय झण्डा अङृकित गरेको सम्झन मा राष्ट्रिय झण्डा दिवस मनाइन्छ । सातौं राष्ट्रिय झन्डा दिवस देशभर मनाइएको  छ । काठमाडौं,धरान लगायत देशका विभिन्न ठाउ मा झन्डा बोकेर राष्ट्रिय झण्डा दिवस मनाइएको छ । काठमाडौं को दरबार स्कुवाएर बाट  देश को राष्ट्रिय झन्डा बोकेर  र्याली निकलियेको छ।

यस दिन राष्ट्रिय झण्डाको महत्व, यसको इतिहास र सम्मानबारे जनचेतना फैलाइन्छ। नेपालको झण्डा संसारकै एक मात्र त्रिकोणात्मक झण्डा हो, जसले हाम्रो राष्ट्रिय पहिचान झल्काउँछ। यसले देशको सांस्कृतिक विविधता, सम्प्रभुता र एकताको प्रतीकका रूपमा पनि अर्थ दिन्छ। राष्ट्रिय झण्डाप्रति सम्मान व्यक्त गर्न झण्डा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू, झण्डा फहराउने क्रियाकलापहरूआयोजना गरिन्छ। यसले देशप्रतिको गर्व बढाउन र सबैलाई राष्ट्रप्रतिको जिम्मेवारीबोध गराउन मद्दत गर्छ।