नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन सोमबार ४ सय रुपैयाँ बढेर १ लाख ५१ हजार २०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ।  आइतबार तोलामा १ हजार ८४० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।