कुरिलो एक अत्यन्त पोषिलो र औषधीय गुण भएको तरकारी हो। यसलाई सब्जी, अचार, वा झोलमा प्रयोग गर्न सकिन्छ। नेपाली खानामा यसको महत्त्व दिनप्रतिदिन बढिरहेको छ। कुरिलोले शरीरलाई आवश्यक पर्ने विभिन्न पोषण तत्त्व प्रदान गर्नुका साथै विभिन्न रोगहरूको उपचार तथा रोकथाममा पनि सहयोग पुर्याउँछ।
कुरिलोमा फाइबरको मात्रा प्रचुर हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्छ। यसले कब्जियतजस्ता समस्याबाट मुक्ति दिन्छ र आन्द्राको कार्यलाई सुधार गर्छ। भिटामिन ए, भिटामिन सी, र एन्टिअक्सिडेन्ट तत्त्व हुन्छन्, जसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ। यसले सर्ने रोगहरू र संक्रमणबाट जोगाउन मद्दत गर्दछ।
कुरिलोमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ। साथै, यसमा पाइने फोलेटले हृदयसम्बन्धी रोगहरूको जोखिम कम गर्न मद्दत पुर्याउँछ। कुरिलो प्राकृतिक डाइयूरेटिकको रूपमा काम गर्छ, जसले शरीरबाट अनावश्यक विषाक्त पदार्थहरू पिसाबमार्फत बाहिर निकाल्न सहयोग गर्दछ। यसले मृगौलाको स्वास्थ्यलाई पनि सुधार गर्दछ।
यसमा क्याल्सियम र भिटामिन के हुन्छ, जसले हड्डीको मजबुतीमा मद्दत पुर्याउँछ। हड्डी कमजोर हुने समस्या भएकाहरूले यसको नियमित सेवन गर्नुपर्छ। कुरिलोमा क्यालोरीको मात्रा न्यून छ तर पोषण तत्त्व धेरै छन्। तौल घटाउन चाहने मानिसहरूले यसको सेवन गर्दा आवश्यक पोषण पाउन सकिन्छ। यो एक बहुपयोगी तरकारी हो, जसलाई नियमित रूपमा भोजनमा समावेश गर्दा शरीरलाई आवश्यक पोषण मिल्छ। यसको औषधीय गुणहरूले स्वस्थ जीवनशैली अपनाउन सहयोग गर्दछ। कुरिलोको सब्जी सस्तो, स्वादिष्ट, र स्वास्थ्यका लागि अत्यन्त लाभदायक छ।




















