सल्यानकी १४ वर्षीय बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका(४ का १९ वर्षीय चन्द्रबहादुर परियार छन्। 

सल्यानकी १४ वर्षीया बालिकालाई कुपिन्डे नगरपालिका(१ सल्लिबजारमाथि गुइएखोलाको झाडीमा बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका हुन्।  उजुरीको आधारमा इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।परियार माथि थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।