नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अध्यक्षमा सन्तोष काफ्ले निर्वाचित भएका छन् । प्रेस युनियन र प्रेस चौतारीकाे गठबन्धन बाट उमेदवार बनेका काफ्लेले ९४ मत प्राप्त गरे,उनका निकटतम प्रतिद्वन्दी गणेश निराैलाले ७९ मत प्राप्त गरे । निराैला प्रेस युनियन सँग बिद्रोह गरेर बागी उमेदवार बनेका थिए उनलाई प्रेस सेन्टरले समर्थन गरेकाे थियाे । स्वतन्त्र उमेदवार बनेका शेखर नाथ जाेगीले भने ५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी खुल्ला उपाध्यक्षमा अर्जुन सुवेदी बिजयी भएका छन् । यस्तै महिला उपाध्यक्षमा यसोदा सेने निर्वाचित भएकी छन् ।
सह सचिवमा विकल रेग्मी बिजयी भए समाबेशी सह सचिवमा बिरेन्द्र कुमार शाह निर्वाचित भए । त्यसैगरी कोषाध्यक्षमा बिबेक रेग्मि विजयी भए ।
यता खुल्ला सदस्य तर्फ चन्द्र कला चौधरी ,जिबन बिस्ट ,रोहित कुलुङ राई,सिशिर भट्टराई,सविता पोखरेल (ज्योति), सिंह बहादुर मादेन,सुदिप पाेख्रेल र हिरन्य कार्कि विजयी भएका छन् ।




















