नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको अध्यक्षमा बाल कृष्ण अधिकारी निर्वाचित भएका छन् । प्रेस युनियन र प्रेस चौतारी एलायन्सबाट उम्मेदवार बनेका उनले ४५ मत प्राप्त गरेर ३ वर्षका लागि निर्वाचित भएका हुन्।
नयाँ नेतृत्वका लागि हिजो भएको मतदानबाट अधिकारीले प्रेस सेन्टरबाट अध्यक्षका उम्मेदवार बनेकी अञ्जली थापालाई ९ मतान्तरले पराजित गर्दै अधिकारी पत्रकार महासङ्घ मकवानपुरका अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिकारीले ४५ मत प्राप्त गर्दा सेन्टरबाट उम्मेदवार बनेकी अञ्जली थापाले ३६ मत मात्र प्राप्त गरेका थिए। त्यसैगरी अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका पोष्टराज अधिकारी ९कुमार० ले २० मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार सुरेश श्रेष्ठले ३ मत प्राप्त गरेका छन्।
त्यसैगरी उपाध्यक्षमा धुर्व्र अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ५५ प्राप्त गर्दा गणेश दर्पण अधिकारीले ४९ मत प्राप्त गरेका थिए । यस्तै महिला उपाध्यक्षमा प्रेस सेन्टरकी भावना रिजाल निर्वाचित भएकी छिन् । उनले ५५ मत ल्याउदा युनियन चौतारीकी साझा उम्मेदवार बनेकी प्रतीक्षा न्यौपानेले ४४ मत पाइन् ।
महासङ्घ सचिवमा सेन्टरबाट इन्द्र प्रसाद बन्जारा ९रमेश० दुलाललाई हराउँदै केशव समर्पण सुवेदी विजयी बनेका छन् । सुवेदीले ७३ मत प्राप्त गर्दा बन्जाराले ३१ मत प्राप्त गरे। त्यसैगरी सहसचिव ९खुल्ला० मा शिव प्रसाद चौलागाईं विजयी भएका छन् । विश्वराम अधिकारीलाई ३६ मतले पछि पार्दै चौलागाईंले चुनाव जितेका हुन् । उनले ६५ मत प्राप्त गर्दा अधिकारीले ३९ मत पाए । यस्तै,सहसचिव समावेशीमा सन्नु रिजाले ५८ मत प्राप्त गरी रुपा गुरुङलाई हराएकी हुन्। गुरुङले ४० मत प्राप्त गरिन्।




















